Mero Gharko Chhanao Album Nimtoकाठमाडौ। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युकेको आयोजनामा बेलायतमा लामो समयदेखि रहंदैआएका गायक प्रमोदराज न्यौपानेको पहिलो गीति एल्वम लण्डनमा विमोचन हुने भएको छ।

गायक न्यौपानेको मेरो घरको छानो नामक एल्बम यही जुन २६ तारिख आइतवारका दिन साँझ साँझ लण्डनको साउथ–इष्ट वीलवीच स्थित ट्रामसेड थियटरमा हुन गैरहेको जानकारी ईनास युकेका अध्यक्ष सनमकुमार बैरागले दिएका छन्।

Mero Gharko Chhanao Album

अध्यक्ष बैरागका अनुसार एल्वम विमोचन समारोहमा एनआरएन युकेका अध्यक्ष मुछेत्र गुरुङ्ग सहित बेलायतमा रहेका नेपाली कला, साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरुवाट एल्वम विमोचन हुने भएको छ।

लण्डनमा विमोचन हुन गैरहेको गायक न्यौपानेको उक्त एल्वम मेरो घरको छानोमा गायक न्यौपानेको एकल गायन, सागर किनारको संगीत तथा युरानका शव्द रहेका छन्। एल्वमको टाइटल गीतमा नेपाली स्वाभिमान तथा आत्मसम्मानको भावलाई विलकुलै नौलो शैलीका शव्द तथा संगीत प्रस्तुत भएको छ।

यस टाइटल गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ। भिडियो निर्देशन भुषण दाहालले गरेका छन्।
म्युजिक भिडियो यो लिंकमा हेर्न सक्नु हुन्छ

प्रकाशन मिति–२०७३ साल असार ७ गते मंगलबार ।