लण्डन। नेपाली कलाकारहरुको अन्तरराष्ट्रिय संगठन अन्तरराष्ट्रिय नेपालका कलाकार समाज ईनासको आयोजनामा युरोप महादेशस्तरीय छैठौं नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ।

इनास युरोपको आयोजनामा हुने यस प्रतियोगिता यो बर्षका अप्रिल महिनाको २१ र २२ तारिखका दिन बेलायतको राजधानी लण्डमना हुने भएको छ। ईनास युरोपका संयोजक अर्जनु काफ्लेले प्रेस विज्ञप्ति जारी गर्दै त्यसको लागि ईनास युरोप अन्तिम तयारीमा पुगिसकेको उल्लेख गरेका छन्। साथै प्रतियोगिता संवन्धी नियम पनि सार्वजनिक गरिएको भनेका छन्।

सार्वजनिक गरिएको नियममा नृत्य तथा गायन अनिवार्य रुपमा नेपाली हुनुपर्ने भनिएको छ। एकल हुनुपर्ने लगायतका विविध नियम उल्लेख गरिएको छ। त्यसको अलावा विजयीहरुलाई विभिन्न नगद पुरस्कार पनि प्रदान गरिने भनिएको छ। नृत्य तथा गायन प्रतियोगिताका नियम यस प्रकार रहेका छन्–

नृत्य प्रतियोगितासम्बन्धी नियमहरु यसप्रकार हुनेछन:
१) प्रतियोगीले आफ्नो नृत्य नेपाली भाषाको गीतमा प्रस्तुत गर्नुपर्नेछ ।
२) नृत्य एकल हुनुपर्नेछ ।
३) प्रतियोगीले आफूले नृत्य गर्ने गीत आफैले छनौट गर्नुपर्नेछ ।
४) प्रतियोगितामा महिला वा पुरुष दूवैले भाग लिन पाउनेछन ।
५) प्रतियोगितामा प्रतियोगीको कम्तिमा १३ वर्ष वा सो भन्दा माथि हुनुपर्नेछ ।
६) प्रतियोगितामा संस्थागतरुपमा समेत भाग लिन पाईनेछ । तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत-पत्र हुनु जरुरी छ ।
७) नृत्य गर्ने गीतको समय बढिमा ३ (तीन) मिनेटको हुनुपर्नेछ ।
८) नृत्य गर्दा चाहिने सम्पूर्ण आवश्यक सामाग्री प्रतियोगी आफैले व्यावस्था गर्नुपर्नेछ ।
९) प्रतियोगीले लोक (झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि लगायतका नेपालका सबै लोक नाचहरु तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाच तथा लोक भाकामा बनाइएका नेपाली चलचित्रका लोक गीतहरु ईत्यादि) र आधुनिक(नेपाली पप, आधुनिक,जाज(Jazz), ब्रेक र रिमिक्स जस्ता आधुनिक गीतहरु) गरि दूई ओटा विधाका गीतमा अनिवार्य नृत्य गर्नुपर्नेछ ।
१०) प्रतियोगितामा भाग लिन चाहनु हुने प्रतियोगिले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फाराम भरि बुझाउनुपर्नेछ । दरखास्त फाराम तोकिएका संपर्क व्यक्तिहरु तथा युरोप स्थिति अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का राष्ट्रिय समितिहरुबाट निशुल्क प्राप्त गर्न सकिनेछ ।
११) एक देशबाट बढिमा दुई जनासम्म प्रतियोगीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन। तर आयोजक राष्ट्रबाट भने साबिक बमोजिम बढिमा ३ जना प्रतियोगीले भाग लिन पाउनेछन।
१२) प्रतियोगिले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोलसम्वन्धी सम्पूर्ण जानकारी निवेदनका साथ उपलब्ध गराउनुपर्नेछ ।
१३) प्रतियोगीले आवेदन फारामका साथमा आवेदन शूल्क वापत यूरो ३५ (युरो पैतीस) बुझाउनु पर्नेछ ।
१४) सहभागिताको लागि निवेदन बुझाउने अन्तिम मिति फेब्रुअरी १०, २०१८ (10 february, 2018) सम्म हुनेछ ।
१५) प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रतियोगिता प्रबेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन ।
१६) मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिने छैन ।
१७) प्रतियोगितामा भाग लिने प्रतियोगिलाई २१ र २२ अप्रिल २०१८ गरी दुई दिन खाने र बस्ने व्यवस्था गरिनेछ । तर अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैले गर्नुपर्नेछ ।
१८) नृत्यको मूल्याङ्कन गर्दा गीत अनुसारको भेष-भुषा, हाउ-भाउ, सुरुवात र अन्त्य लगायातलाई आधार मानिनेछ ।
१९ ) प्रतियोगितामा प्रथम हुने कलाकारलाई इनास युरोप महादेशको लागि एक वर्षे कार्यकाल रहने गरि इनासको अवैतनिक मानार्थ सदभावना दूत (Inas Europe Goodwill Ambassador ) नियुक्त गरिनुका साथै ‘इनास युरोप नेपाली डन्सिङ्ग स्टार २०१८ (INAS Europe Dancing Star 2018) को उपाधि सहित नगद ७०१ युरो (युरो सात सय एक), ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०१८ (INAS Europe Dancing Star 1st Runner up 2018) र ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०१८ ‘ (INAS Europe Dancing Star 2nd Runner up २०१८) को विशेष उपाधि सहित क्रमश: ७०१ युरो (युरो सात सय एक), ५०१ युरो (युरो पाँच सय एक) र ३०१ युरो (युरो तीन सय एक) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो (token of love) स्वरुप ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ । साथै बिजयीहरुलाई इनास आफैलेआयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुमा प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ र चलचित्र, म्यूजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्ने सम्बन्धमा आवश्यक पहल गरिनेछ।
२०) प्रतियोगीताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ र उक्त समितिले गरेको निर्णयनै अन्तिम निर्णय हुनेछ।

गायन प्रतियोगितासम्बन्धी नियमहरु यसप्रकार हुनेछन:

१. प्रतियोगीले गाउने गीत नेपाली भाषामा हुनुपर्नेछ।
२. गायन एकल हुनुपर्नेछ।
३. प्रतियोगीले आधुनिक र लोक गरि दूई ओटा गीतहरु गाउनुपर्नेछ।
४. प्रतियोगीलाई एउटा गीत प्रस्तुत गर्न बढिमा ३ मिनट समय प्रदान गरिनेछ।
५. आधुनिक गीत म्युजिक ट्रयाकमा गाउन सक्नेछन। तर लोक गीत भने प्रत्यक्ष वाद्यवादनमा गाउनुपर्नेछ।
६. प्रतियोगीहरुले प्रस्तुत गर्ने गीत आफैले छनौट गर्नुपर्नेछ ।
७. कम्तिमा १३ वर्ष पूरा भएका नेपाली भाषी महिला तथा पुरुष जो सुकैले पनि प्रतियोगितामा भाग लिन पाउनेछन् ।
८. प्रतियोगितामा व्यक्तिगत वा संस्थागत रुपले भागलिन पाइनेछ। तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत-पत्र हुनु जरुरी छ ।
९. लोक गीतको लागि वाद्यवादन (मादल र हारमोनियम वा किबोर्ड मध्ये एक) आयोजकबाट उपलब्ध हुनेछ। तर आधुनिक गायनको लागि आफूले गाउने गीतको म्युजिक ट्रयाकको ब्यबस्था प्रतियोगी आँफैले गर्नुपर्नेछ ।
१०. एक देशबाट बढिमा दुई जनासम्म प्रतियोगीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन। तर आयोजक राष्ट्रबाट भने साबिक बमोजिम बढिमा ३ जना प्रतियोगीले भाग लिन पाउनेछन।
११. प्रतियोगितामा भाग लिन चाहनुहुने प्रतियोगिले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फाराम भरि दरखास्त दिनुपर्नेछ । दरखास्त फाराम सम्बन्धित देशमा रहेका इनास राष्ट्रिय समितिहरु वा तोकिएका संपर्क व्यक्तिहरुबाट निशुल्क प्राप्त गर्नसकिनेछ ।
१२. प्रतियोगीले आवेदन फारमका साथमा आवेदन शूल्क वापत यूरो ३५ (युरो पैतीस) बुझाउनुपर्नेछ ।
१३. प्रतियोगिले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोल सम्बन्धी सम्पूर्ण जानकारी निवेदनका साथ उपलब्ध गराउनुपर्नेछ ।
१४. सहभागिताको लागि निवेदन बुझाउने अन्तिम मिति फेब्रुअरी १०, २०१८ (10 february, 2018) सम्म हुनेछ ।
१५. प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रतियोगिता प्रबेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन ।
१६. मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिने छैन ।
१७. प्रतियोगितामा भाग लिने प्रतियोगिलाई २१ र २२ अप्रिल २०१८ गरी दुई दिन खाने र बस्ने व्यवस्था गरिनेछ । तर अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैले गर्नुपर्नेछ ।
१८. गायनको मूल्याङ्कन गर्दा गीत अनुसारको सुर, ताल-नोटेशन, टाइमिङ्ग लगायतका गायन प्रतियोगिता मूल्यांकन सम्बन्धी प्रचलित नियमलाई आधार मानिनेछ ।
१९. प्रतियोगितामा प्रथम हुने कलाकारलाई इनास युरोप महादेशको लागि एक वर्षे कार्यकाल रहने गरि इनासको अवैतनिक मानार्थ सदभावना दूत (Inas Europe Goodwill Ambassador ) नियुक्त गरिनुका साथै ‘इनास युरोप नेपाली सिङ्गिङ स्टार २०१८ (INAS Europe Dancing Star 2018) को उपाधि सहित नगद ७०१ युरो (युरो सात सय एक), ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास युरोप नेपाली सिङ्गिङ स्टार फस्ट रनर अप २०१८ (INAS Europe Singing Star 1st Runner Up 2018) ‘ र ‘इनास युरोप नेपाली सिङ्गिङ स्टार सेकेन्ड रनर अप २०१८ (INAS Europe Singing Star 2nd Runner Up २०१८)’ को विशेष उपाधि सहित क्रमश: ५०१ युरो (युरो पांच सय एक) र ३०१ युरो (युरो तीन सय एक) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो (Token of love) स्वरुप ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ । साथै बिजयीहरुलाई इनास आफैले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुमा गायन प्रस्तुतिको लागि अवसर प्रदान गरिनुका साथै चलचित्र, म्यूजिक भिडियोहरुमा समेत गायनको लागि अवसर प्रदान गर्ने सम्बन्धमा आवश्यक पहल गरिनेछ।
२०. प्रतियोगीताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ र उक्त समितिले गरेको निर्णयनै अन्तिम निर्णय हुनेछ।
प्रकाशन मिति–२०७४ साल माघ २ गते मंगलवार ।