काठमाडौ। नेपालका एक्सन हिरो ईश्वर थापा निर्मित तथा निर्देशित कुनैबेलाको हिट फिल्म हाउडेको टाइटल गीत हाउडेको रिमिक्स गीतको भिडियो रिलिज भएको छ। ड्रिम्स गेट नेपाल युट्युब च्यानलवाट विश्वव्यापी रिलिज गरिएको हाउडेको रिमिक्स गीतको भिडियोको निर्माण अमेरिकामा भएको हो।

चर्चित गायक बाबु बोगटीको गायन तथा ईश्वर थापाको संगीत तथा नारु थापाको शव्द रहेको हाउडे रिमिक्स गीतको भिडियोमा लिडिङ अमेरिकामा नै रहेका अभिनेता जाङबु शेर्पाले गरेका छन्। जाङबुको हिरोइनको भूमिकामा अमेरिकाकै सुप्रसिद्ध मोडल मे फेरडीनन्दले अभिनय गरेकी छन्।

साथमा विशेष अतिथि कलाकारका रुपमा राजेश गुरुङ र कृश थापाले अभिनय गरेका छन्। शंभु मोक्तानको छायाँकन तथा धरमबीर लामाको कोरियोग्राफी र निमी शेर्पाको मेकअप रहेको छ। सम्पादन तथा निर्देशन ईश्वर थापाले गरेका छन्। भिडियोमा अमेरिका स्थित न्यूयोक शहरका मनमोहक दृश्य हेर्न पाइन्छ भने,कथावस्तु रोमान्टिक अनि रमाइलो रहेको छ।Now you are watching-Haude Remix Song’s Romantic Video


प्रकाशन मिति–२०७४ साल कात्तिक १९ गते आइतवार ।