काठमाडौ। नेपालमा एक्सन हिरोको बेजोड छवि कायम गरेर क्यानाडा पुगेका नेपाली अभिनेता ईश्वर थापाले त्यहाँ एक पछि अर्को कीर्तिमानी कार्य गर्दैआएका छन्।

क्यानाडामा नंबरी निर्देशक तथा भिडियो सम्पादकको कीर्तिमानी कायम गरिसकेका अभिनेता थापाले निर्देशन गरेको पहिलो हिन्दी गीत आँखोको तेरी आदत बोलको गीतको भिडियो विश्वव्यापी रिलिज भएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला–

हिन्दी गायक कृष्ण प्रेमराधाको गायन रहेको आँखाको तेरी आदत बोलको गीतमा नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालका अभिनेता क्रिश थापा र क्यानाडामा नै रहेकी क्यानाडेली मोडल मोनिका मेयरको अभिनय रहेको छ। श्रीकृष्ण फुयांलको छायाँकन रहेको यस गीतको निर्देशन तथा सम्पादन अभिनेता थापाले गरेका हुन्।

क्यानाडाको क्रिस्टल वीचमा नायक थापाले निर्देशन गरेको यो हिन्दी गीतको बोलअनुसार कलाकारहरुले स्वभाविक अभिनय गरेको पाइएको छ। क्यानाडाको क्रिस्टल सामुद्रिक किनारामा समेत शुटिङ गरिएको यस गीतको रिलिज ड्रिम्सगेट इन्टरटेन्टमेन्ट युट्युब च्यानलवाट रिलिज भएको हो।

क्यानाडा तथा अमेरिकामा एक से एक नेपाली गीतको म्युजिक भिडियो निर्देशन तथा सम्पादन गरेका अभिनेता थापाको हिन्दी गीतमा यो छलाङ भएतापनि थापाले यसअघि पंजाबी गीत रोके गुजारी रातको म्युजिक भिडियोको पनि निर्देशन गरिसकेका छन्।

क्यानाडामा थापालाई पंजाबी फिल्ममा समेत निर्देशन गर्न अफर आएको थापाले भिजन संसार डटकमलाई बताएका छन्। तर, क्यानाडाको व्यस्तताले त्यो अफरलाई पूरा गर्न नसकिरहेको भनेका छन्।

ईश्वर थापाले निर्देशन गरेको पहिलो पंजाबी गीतको भिडियो–

प्रकाशन मिति–२०७५ साल साउन २८ गते सोमवार ।