काठमाडौ। विश्वमा आठ जना मानिसहरुको अनुहार अक्सर दुरुस्त मिल्ने गरेको पाइएको छ। जसले गर्दा ती मध्येका कोही चिरपरिचित अनुहार देखेमा र भेटेमा सवैजना आश्चर्यमा पर्ने गर्दछ। त्यस्तै आश्चर्य क्यानाडामा भएको छ।

 क्यानाडामा पंजाबी मूलका क्यानाडियन नागरिक ह्यारी भमबराको अनुहार बलिउडका ख्यातिप्राप्त अभिनेता साहरुख खानको अनुहारसंग लगभग मिलेको छ। यसले गर्दा क्यानाडामा सवैले ह्यारीलाई साहरुख खान नै भन्ने गरेको छ।

Duplicate Shaharukha Khan Harry with Ishwor Thapa

यिनै डुप्लिकेट साहरुख खान क्यानाडामा हिन्दी टेलिभिजन च्यानल चलाउने गर्दछन्। उनी राम्रा कलाकार पनि हुन्। यसै क्रममा क्यानाडामा रहेका नेपालका एक्सन हिरो मानिएका चर्चित अभिनेता ईश्वर थापाको निर्माण तथा निर्देशन अनि सम्पादनमा तयार हुंदैगरेको न्यूयोर्कवाली बोलको गीतको म्युजिक भिडियोमा समेत डुप्लिकेट साहरुख खान ह्यारीले मज्जाले बेजोड अभिनय गरिदिएका छन्।

न्यूयोर्कवालीमा न्यूयोर्कवाली बनेकी पार्वती राई तथा अमेरिकन एक से एक मोडलहरुको समेत अभिनय रहेको छ। त्यसैगरी दुई नेपाली अभिनेता प्रवेश उप्रेती पाउल तथा क्रिश थापाको पनि बेजोड अभिनय रहेको छ।

यस गीतको भिडियोको हाल धमाधम क्यानाडामा सम्पादन भैरहेको र डिसेम्बर २५ तारिखका दिन क्रिसमसको उत्सवमा ड्रिम्स गेट नेपाल युट्युब च्यानलवाट भव्य रिलिज हुने भएको छ।
प्रकाशन मिति–२०७४ साल पुष २ गते आइतवार ।