काठमाडौं। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले लामो समयदेखि चल्दै आएको राजनीतिक दुर्दशाको अन्त्य अव चाँडै हुने बताएका छन्।

राजनीतिक अस्थिरताकै कारण यसविचमा मुलुक अस्तव्यस्त भएको भन्दै पोखरेलले अवको एक महिनापछि दुईतिहाई वहुमत सहितको वामपन्थी नेतृत्वमा सरकार बन्ने र परिणाम निकाल्ने गरि काम गरिने बताएका छन्।
महासचिव पोखरेलले प्रत्येक ६ /६ महिनामा सरकार वनाउने र गिराउने सिलसिलाको अन्त्य नभई मुलुकको सम्वृद्धिको रथ अघि नवढ्ने धारणा राखेका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधीसभा उम्मेदवार समेत रहेका पोखरेलले वहुदलीय व्यवस्थापछि सरकार बनाउने र गिराउने षडयन्त्रमै यसविचमा राजनीतिक नेतृत्व लट्पटिएको भन्दैं अव त्यसो हुन नदिने जिम्मा मतदाता समक्ष आइपुगेको भनेका छन्।

महासचिव पोखरेलले वामगठवन्धनले वहुमत प्राप्त गरेर एक महिनाभित्र सरकार बनाएपछि आम जनताले अनुभूत हुने गरि काम गरेर देखाउने दावी पनि गरेका छन्। पोखरेलले वामपन्थी गठवन्धनको साझा संकल्प र प्रतिवद्धतामा आधारित भएर काम गर्ने बताए। कार्यक्रममा काठमाडौं ५ प्रदेशसभा १ तर्फका उम्मेदवार नारायण सिलवालले जनताको शिर उचो पार्ने गरि आफुले काम गर्ने जिकिर गरेका छन्।

यसैविच, वुढानिलकण्ठ नगरपालिकाका वडा नंं ५ का नेपाली काँग्रेसका स्थानीय नेता निरन शाह ठकुरी र मुकुन्द सापकोटा एमालेमा प्रवेश गरेका छन्। कम्फर्ट हाउजिङमा आयोजित मतदाताको अन्तक्र्रिया कार्यक्रममा दुवैजना एमाले प्रवेश गरेका हुन्। नवप्रवेशीलाई महासचिव पोखरेल र निर्वाचन परिचालन कमिटीका संयोजक तथा पार्टी केन्द्रीय सदस्य सूर्य थापाले स्वागत गरेका थिए।


प्रकाशन मिति–२०७४ साल मंसीर १० गते आइतवार ।