लण्डन। ख्यातिप्राप्त कथाकार स्वर्गिय ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्रमा आधारित नेपाली कथानक चलचित्र कैदीको–पत्र बेलायतवाट निर्माण शुभारम्भ भएको छ। गत जुलाई २६ देखि चलचित्र कैदीको–पत्रको छायाँकन शुभारम्भ भएको हो।

सनम कुमार बैरागको पटकथा, सम्बाद र निर्देशनमा स्कटल्याण्डको क्रीफ, आबरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्कोमा ५० प्रतिशत चलचित्र कैदीको पत्रको छायाँकन संपन्न भैसकेको छ। निर्देशक सनम कुमार बैरागको नाटक जीगिषा र भिमसेन थापाबाट प्रभाबित बनेका बेलायतका लागि नेपाली राजदूत तथा प्रसिद्ध साहित्यकार दुवसु क्षेत्रीले आफू सम्मिलित भएको भनेका छन्।

 

लोक गीतको छायाँकनको क्रममा साहित्यकार ईश्वर मानन्धरको कृतिलाई मूर्तरुप दिन आफू चलचित्र कैदीको-पत्रमा सम्मिलित भएको राजदूत क्षेत्रीको भनाई रहेको छ। निर्देशक बैरागका अनुसार, चलचित्र कैदीको–पत्रमा नेपालबाट अध्ययनको क्रममा बेलायत आएका एक युवकको कथा हो.चलचित्र कैदीको–पत्र।

जसको स्कटिस् युवतीसंगको प्रेम कथा। त्यस युवकले खुशीलाई सम्हाल्न सक्दैन र त्यसबाट निम्त्यायका दुःखले युबकलाई कुन हदसम्म पुर्याउछ भन्ने कुरा चलचित्रको एउटा पाटो हो। अर्को पाटो मायाको रंग फेरिएपछि बाँधीले बनाएको बिनासको बाटो कति कहालिलाग्दो हुन्छ-अड्कल काट्न मुस्किल हुन्छ। यस्तै कथावस्तु चलचित्र कैदीको-पत्रले वोकेको खुलासा निर्देशक बैरागले गरेका छन्।

१.कथाः ईश्वर मानन्धर
२.गीत,पटकथा–सम्बाद तथा निर्देशनः सनम कुमार बैराग
३.मुख्य सहायक निर्देशकः रामशरण कोईराला
४.सहायक निर्देशकः सुस्मिता थापा
५.डि ओ पिः रामेश्वर कार्की
६.नृत्यः कविराज गहतराज
७.संगीतः सुरेश सेन्चुरी, बिनम्र कर्माचार्य
८.म्यूजिक एरेन्जरः गोपाल रसाईली, बिशेष पाण्डे
९.द्वन्दः सम्राट बस्नेत
१०.ड्रेसः आलिया गीरी
११.मेकअपः बिजेता श्रेष्ठ
१२.सम्पादनः अर्जुन जि सी
१३.व्यानरः भिजन संसार प्रा.लि.
१४.निर्माताः कलिना–रुबिन श्रेष्ठ, हिराल आमिन जोशी, दील घले ।
१५.कलाकारः म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा आदि।

प्रकाशन मिति–२०७६ साल साउन ३१ गते शुक्रवार ।