ललितपुर । समयको माग अनुसार कागजी बिल तथा बिजकको स्थानमा सूचना प्रविधिको नयाँ उपज ई–इन्भ्वाइस एवम् ई–बिलिङ सिस्टमको शुरुवात नेपालमा भैसकेको छ। नेपाल सरकारले पनि बार्षिक १० करोड रुपैयाभन्दा बढी कारोवार गर्ने कुनैपनि संगठनिक संघ–संस्था एवम् कंपनी तथा होटल–रेष्टुरेन्ट सवैलाई अनिवार्य ई–इन्भ्वाइस एवम् ई–बिलिङ जारी गर्नुपर्ने नयाँ कानुनमा नै घोषणा गरिसकेको कारण यसको आवश्यकता तथा महत्वमा बृद्धि भएको हो।

त्यसको अलावा १० करोडभन्दा कम बार्षिक कारोवार गर्ने जुनसुकै व्यवसायमा पनि स्वेच्छिक रुपमा ई–इन्भ्वाइस एवम् ई–बिलिङ जारी गर्दा व्यवसायीलाई नै सहज हुने सरकारको धारणा रहेको छ। सरकारको यस धारणालाई आत्मसात गरेर स्मार्ट मिसन टेक्नोलोजी प्रा.लि. तीनकुने नयाँ बानेश्वर, काठमाडौंले एसएम टेक स्फ्टवेयरको विकास गरेर सहज र सरल अनि सहुलियत दरमा ई–इन्भ्वाइस एवम् ई–बिलिङ सेवा प्रदान गर्दैआएको छ।

एसएम टेक स्फ्टवेयरको आधिकारिक कंपनी स्मार्ट मिसन टेक्नोलोजी प्रा.लि.का सिईओ सुरेश पाण्डेका अनुसार, कंपनीले सानो पान पसलदेखि ठूला फाइभस्टार होटलसम्मका लागि उपयुक्त ई–इन्भ्वाइस एवम् ई–बिलिङका लागि आवश्यक एसएम टेक स्फ्टवेयरको विकास गरेको छ।

सस्तोमा २० हजार र महंगोमा ३ लाख रुपैयासम्म पर्ने ई–इन्भ्वाइस एवम् ई–बिलिङको एसएम टेक स्फ्टवेयर खरिद गर्न सकिने र एकपल्ट खरिद गरेपछि सधैका लागि उक्त सफ्टवेयर मार्फत ई–इन्भ्वाइस एवम् ई–बिलिङ गर्न सकिने सिईओ पाण्डेले भिजन संसार डटकमलाई भनेका छन्। साथमा सपोर्ट चार्ज सामान्य एक हजार रकम तिरेमा सफ्टवेयरमा आउने विभिन्न समस्याको बर्षभरि कुनैपनि समयमा हल गरेर सेवा दिने कार्य कंपनीले गर्ने गरेको जानकारी पनि सिईओ पाण्डेको भनाई छ।

सन् २०१३ वाट यस सेवा शुरु गरेको स्मार्ट मिसन टेक्नोलोजी प्रा.लि.हालसम्म ई–इन्भ्वाइस एवम् ई–बिलिङको एसएम टेक स्फ्टवेयर ५ सयभन्दा साना तथा ठूला होटल तथा विभिन्न प्राइभेट कंपनीहरुले प्रयोग गर्दैआएको जानकारी पनि सिईओ पाण्डेले बताए। देशभर यो सेवा प्रदान विस्तार भैसकेको र सवैलाई विद्युतीय ई–इन्भ्वाइस एवम् ई–बिलिङको एसएम टेक स्फ्टवेयर मार्फत सहज अनि प्रभावकारी वनाउने कार्यमा आफ्नो कंपनी अत्यन्त क्रियाशील भैरहेको जानकारी पनि सिईओ पाण्डेले दिएका छन्।

 

More Details in-
www.smtechme.com
प्रकाशन मिति–२०७९ साल असार १३ गते सोमवार ।