Mr.Laxmi Narayan Suwal
Mr.Laxmi Narayan Suwal

काठमाडौ। उचित आहार, विहार र विचारको सन्तुलन भएपछि मान्छेको जीवन अत्यन्त सहज र सरस हुने गर्दछ

त्यो जीवनको आनन्द आफैमा हुन्छ। आफ्नो जिन्दगीवाट आफै रमाउन सक्नु नै जिन्दगीको उत्कृष्टता हो।

त्यो जिन्दगीको बेग्लै अनुभव जिन्दगीको उत्तरार्धमा प्रतिष्ठित उद्यमी तथा व्यापारी लक्ष्मी नारायण सुवालको रहेको छ। सुवालले उद्यम तथा व्यापारको अत्यन्त व्यस्त जीवनवाट निवृत बनेको दुई बर्षमात्र भएको छ। यो दुई बर्षयता सुवाललाई पहिला जस्तो कुनैपनि प्रकारको तनाब छैन्। जीवनलाई निक्कै हलुका महशुश गरेका छन्

Laxmi Narayan Suwal 7त्यो सवैको पछाडि अरु कुनै कारण छ त–त्यो हो–उचित आहार, विहार र विचार नै हो। उचित आहार, विहार र विचारको प्रणेता प्रकृति प्रेमी समूह, निरोग–आनन्दधाममा आवद्धता भएपछि यो सवै भएको जिकिर सुवालको रहेको छ।

६४ बर्षको उमेरमा पुगेपछि अष्ट्रेलियामा रहेका छोरा–बुहारी र नेपालमा रहेका डाक्टर छोरी–ज्वाईले अव बुवा तनाबको व्यापारमा ब्यस्त बन्नु पर्दैन–अव तपाईको लागि हामी छौ–तपाई आनन्दको जीवन बाँच्नुस् भनेपछि व्यापार–उद्यम त्यागेर यसतर्फ लागेको सुवालले भनेका छन्।

Laxmi Narayan Suwal 1तपाईलाई औषधि होइन, प्रकृति भन्ने नाराका साथ अगाडि आएको प्रकृति प्रेमी समूह, निरोग–आनन्दधाम सातदोवाटो, ललितपुरको संगठन विभाग प्रमुख भएर प्रकृतिसंग खेल्दै प्रकृतिका बरदान रुपी प्राकृतिक उत्पादनलाई उचित आहार, विहार तथा विचारमा बदलेपछि यो दुई बर्षयता औषधिको नाममा सिटामोल पनि खान नपरेको दावी सुवालको रहेको छ।

Laxmi Narayan Suwal 3मान्छेलाई विरामी पार्ने भन्ने नै उचित आहार, विहार र विचार नभएर हो भन्ने निश्कर्ष निकाल्ने सुवालको लाइफ पहिला जस्तो जटिल छैन्। निक्कै सरल छ। शरीरको आवश्यकता अनुसारको प्राकृतिक उचित आहार अनि सोही अनुरुप विहार अर्थात व्यायाम अनि सकारात्मक विचारले तनाबपूर्ण जीवनलाई अत्यन्त आनन्दमय जिन्दगी बनाउन सुवालले सफलता प्राप्त गरेका छन्।

Laxmi Narayan Suwal 4आफ्नो स्वास्थ्य आफ्नै हातमा रहेको बताउने सुवाल औषधिले स्वास्थ्य दिने भए, यस संसारमा एउटै मानिस पनि विरामी पर्ने थिएन। हतियारले शान्ति आउने भए संसार उहिल्यै शान्तिक्षेत्र भैसक्ने थियो। वाद–विवाद गरेर सत्य पत्ता लाग्ने भए संसारका सवै मानिस उहिल्यै ज्ञानी भैसक्ने थिए भन्छन्। त्यसैले समय छँदै जीवनलाई परिवर्तन गर्न आवश्यक भएको र त्यसको लागि एक भाग अन्न, एक भाग हरियो तरकारी र एक भाग सलाद फलफूल उचित आहारमा पर्याप्त पुग्ने सुवालको भनाई रहेको छ।

Laxmi Narayan Suwal 2माछा–मासु, दूग्धजन्य पद्धार्थ, जाँड–रक्सी, मैदाजन्य पद्धार्थ, अण्डावाट बन्ने खानेकुरा खान नहुने सुवालको बुझाई रहेको छ। उचित विहारमा परिश्रम र आरामको सन्तुलन मिलाउनु पर्ने, सुत्ने र उठ्ने समयको निश्चित गर्नुपर्ने, कम्तिमा आठ घण्टा सुत्नुपर्ने, हप्तामा ५–६ दिन शरीरका सवै अंग र जोर्नी संचालन हुने व्यायाम गर्न आवश्यक भएको सुवालको ठहर रहेको छ।

Laxmi Narayan Suwal 5

उचित विचारमा कुनैपनि हालतमा नरिसाउने, वादविवाद नगर्ने, चिन्ता नगर्ने, निराश नहुने, बेइमानी नगर्ने, कुभलो नचिताउने, गुणको बदला मात्र होइन, बैगुणको बदला पनि गुणै तिर्ने, हरेकलाई प्रेम र सम्मान गर्ने विचारको विकास गर्नु हो भनेर सुवालले भनेका छन्। यति भएपछि जिन्दगी गुलाफको फूल जस्तो सुन्दर र हलुका हुने दावी सुवालको रहेको छ।

प्रकाशन मिति–२०७४ साल भाद्र १४ गते बुधवार ।