north-koreaकाठमाडौ। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उत्तर कोरियाले शुक्रबार परमाणु परीक्षण गरेपछि सुरक्षा परिषदले उसमाथि थप प्रतिबन्ध गराउने निर्णय गरेको हो।

अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परमाणु परीक्षण गरेपछि दक्षिण कोरिया, चीन, जापान, अमेरिकालगायतका देशले विरोध गर्दै उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए।

अमेरिकाले भने उत्तर कोरियामाथि सैनिक कारबाहीको तयारी गरेको बताइएको छ। उत्तर कोरियाले अरु शक्तिशाली राष्ट्रको बेवास्ता गर्दै यो वर्षमात्रै पाँचओटा परमाणु परीक्षण गरिसकेको छ।
(एजेन्सी)
प्रकाशन मिति–२०७३ साल भदौ २५ गते शनिवार ।