Tirshana Budhathoki 1काठमाडौ। उत्ताउली तथा छाडा अभिनेत्री भनेर व्यापक आलोचना खेप्दैआएकी तिर्सना बुढाथोकी यो बर्षको हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजमा भने निक्कै शालिन बनेकी छन्।

Tirsana Budhathoki's teej geetशालिन बनेर यो बर्षको तीजवाट नायिकाको अलावा गायिका पनि बनेकी छन्। तीजको अवसरमा आठ वटा गीत आफ्नै गायनमा रेकर्ड गरेर ती गीतको भिडियो समेत तयार पारेर नाच्छु छमछम नामक तीजका गीतको भिडियो सार्वजनिक गरेकी छन्। ती सवै गीतका भिडियोमा शालिन शव्द तथा शालिन अभिनय रहेको जिकिर पनि तिर्सनाले गरेकी छन्।

आफू प्रचारमा आएजस्तो छाडा अभिनेत्री नभएको र समाजप्रति आफ्नो पनि उत्तरदायित्व रहेको बताउंदै अव अभिनयको अलावा गायनमा पनि निरन्तरता दिदै जाने उनले भनेकी छन्।

Tirshana Budhathoki 2तस्वीर–अजय देसार
मेकअप–गंगा ज्यों श्रेष्ठ
लोकेशन–रिफ्रेस व्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर, लिंकरोड नयाँबजार, काठमाडौ।
प्रकाशन मिति–२०७३ साल भदौ १९ गते आइतवार ।