काठमाडौं। नेपाली चलचित्रका इन्टरनेशनल डाइरेक्टर उदय सुव्वाव्दारा निर्मित तथा निर्देशित पछिल्लो विलकुलै नयाँ चलचित्र आकाशे–खेती अर्को क्याराभान बनेको छ।

इन्टरनेशनल डाइरेक्टर उदय सुव्वाले क्याराभान स्टाइलमा धेरै दुःख र मेहनतले इन्टरनेशनल मार्केटमा लग्नका लागि नै चलचित्र आकाशे–खेती निर्माण गरेको दावी गरेका छन्। यतिखेर पोष्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको यस चलचित्र आकाशे–खेतीको बाली उठाउने डेट अर्थात रिलिज डेट नयां बर्ष २०७७ सालको बैशाख २६ गते तोकिएको छ।

इन्टरनेशनल फिल्म मार्केटमा पुगेको रिफिज्यू, चाइना बोडर लगायतका चलचित्रका निर्माता तथा निर्देशक उदय सुव्वाको चलचित्र आकाशे–खेती अठारौ प्रोजेक्ट हो। यस चलचित्रमा युवा पुस्ता र अघिल्लो पुस्ताको विषयवस्तुलाई बडा गहन रुपमा प्रस्तुत गर्ने कार्य भएको छ।

यस चलचित्र संवन्धमा भिजन संसार डटकमसंगको भिडियो अन्तरवार्तामा इन्टरनेशनल डाइरेक्टर उदय सुव्वाले यसो भनेका छन्–

प्रकाशन मिति–२०७६ साल माघ ९ गते विहीवार ।