काठमाडौं। मल्टीट्यालेन्ट निर्देशक उदय सुव्वाको पछिल्लो निर्देशन रहेको गहकिलो चलचित्र आरुषीको सम्पादन संपन्न भएको छ। अव स्वरांकन पछि मिक्सिङ भएर पूर्ण रुपमा चलचित्र प्रदर्शनको रुपमा तयार हुने भएको हो।

पूर्वी नेपालको इलाम, झापा, धनकुटा, तेह्रथुम र संखुवासभामा यस चलचित्र आरुषीको छायांकन भएको थियो । निर्देशक उदय सुव्वाका अनुसार चलचित्र आरुषीको अर्थ उज्यालो बन्दै गएको समय हो।

उज्यालोको क्रममा रहेको चलचित्र आरुषीको लिडिङ रोलमा कला राई र इशक राई रहेका छन्। साथमा सुनिल थापा, रमा लिम्बु, सुरबीर पण्डित, दमन रुपाखेती, रामचन्द्र अधिकारी, जीवन लिम्बू, विश्व सुव्वा लगायत निर्देशक उदय सुव्वाको पनि विशेष भूमिका रहेको छ।

यही आउने नयां बर्ष २०७६ सालको जेठ १० गते रिलिज डेट तोकिएको यस चलचित्र आरुषीको कथावस्तु त्रिकोणात्मक प्रेमकथा रहेको छ।


प्रकाशन मिति–२०७५ साल फागुन २४ गते शुक्रवार ।