काठमाडौं। ख्यातिप्राप्त चलचित्र निर्माता तथा निर्देशक उदय सुव्वाको पछिल्लो चलचित्र आरुसी प्रदर्शनको पूर्वसन्ध्यमा गीत रिलिज भएको छ। ओएसआर युट्युव च्यानल मार्फत आज शनिबार चलचित्र आरुसीको अफिसियल गीत रिलिज भएको हो।

नायक इशक राई र नायिका कला राईको अभिनय रहेको यस गीतको वोल नै ‘मरे भने मरेको पल’ रहेको छ। गायक दीपक लिम्बु र गायिका अन्नु चौधरीको स्वर रहेको छ । दिनेश राउतको शब्दमा तारा प्रकाश लिम्बु संगीतबद्ध गीतमा दीनेश पाख्रिनको कोरियोग्राफी हेर्न सकिन्छ । विक्रम डिसीले छायांकन गरेको चलचित्रलाई सुजन बडालले सम्पादन गरेका हुन् ।

गणपति फिल्मसको व्यानरमा निर्माण भएको यस चलचित्रमा मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रलाई साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण रहेको छ। चलचित्रमा इशक र कलाको अलवा रमा लिम्बु, सुनिल थापा, सुरविर पन्डित, दमन रुपाखेती, विरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशन उदय सुव्वाले गरेका हुन्।

प्रकाशन मिति–२०७५ साल चैत्र १६ गते शनिवार ।