काठमाडौं। नेपालका प्रतिष्ठित उद्यमी व्यवसायी तथा सामाजिक अभियन्ता विष्णु पुरुषले प्रत्येक बर्ष बौद्धिक अपाङ्गता भएका एकजनालाई दुई बर्षसम्म अध्ययन गर्नका लागि छात्रबृति दिने घोषणा गरेका छन्। उद्यमी व्यवसायी तथा सामाजिक अभियन्ता विष्णु पुरुषको प्रतिष्ठित बीएसएस गार्मेन्ट इण्डष्ट्रीजको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक बर्ष बौद्धिक अपाङ्गता भएका एकजनालाई छात्रबृति प्रदान गर्ने निर्णय भएको हो।

बौद्धिक अपाङ्गता भएकाहरु पढ्नवाट बञ्चित भैरहेको वर्तमान अवस्थामा उनीहरुको विद्यालय शिक्षालाई मध्यनजर राखेर आफ्नो उद्योगले प्रत्येक बर्ष एकजना बौद्धिक अपाङ्गता भएकालाई छात्रबृति प्रदान गर्ने निर्णय गरेको जानकारी उद्यमी व्यवसायी तथा सामाजिक अभियन्ता विष्णु पुरुषले भिजन संसार डटकमलाई बताएका छन्। बीएसएस गार्मेन्ट इण्डष्ट्रीजवाट उत्पादन हुने गरेका इञ्च, कासा र किपा ब्राण्डका फेसन वेयरहरुमा बौद्धिक अपाङ्गता भएको व्यक्तिलाई छात्रबृति दिने प्रतिबद्धता–आत्मनिभर स्वदेशी उत्पादन ब्राण्डको आवश्यकता भन्ने नारा नै उल्लेख गरेर बजारमा पठाउन थालेको पनि उद्यमी विष्णु पुरुषले खुलासा गरेका छन्।

स्वदेशी उद्योगलाई आत्मनिर्भर बनाएर स्वदेशी उत्पादनलाई बढावा दिने सोच अनुरुप स्थापित उद्यमी विष्णु पुरुषको बीएसएस गार्मेन्ट इण्डष्ट्रीजका फेसन वेयर इञ्च, कासा र किपा ब्राण्डलाई स्वदेश तथा विदेशमा व्यापक रुपमा मन पराउन थालेको छ। स्वदेशमा जस्तै विदेशमा पनि यी ब्राण्डका कपडाहरुको क्रमिक रुपमा माग हुन थालेको जिकिर उद्यमी विष्णु पुरुषको रहेको छ।

एकातिर व्यवसायको माध्यमवाट ६ सयभन्दा बढीलाई रोजगारी दिने कार्य बीएसएस गार्मेन्ट इण्डष्ट्रीजवाट भैरहेको छ भने, यही उद्योगका इञ्ज, कासा र किपा ब्राण्डका फेसन वेयर खरिद गर्दा त्यसवाट प्रत्येक बर्ष एकजना बौद्धिक अपाङ्गता भएकाले दुई बर्षसम्म अध्ययन गर्नका आवश्यक छात्रबृति पाउने भएकोले अटोमेटिकली ती ब्राण्ड खरिद गर्नेहरुले पनि सामाजिक योगदान दिने राय उद्यमी पुरुषको रहेको छ।

बीएसएस गार्मेन्ट इण्डष्ट्रीजका इञ्च, कासा र किपा ब्राण्डका फेसन वेयर विक्रीवाट प्राप्त प्रत्येकको रकमको केही प्रतिशत छात्रबृति कोषमा जम्मा हुने भएको छ। त्यसरी जम्मा भएको रकमवाट कोष निरन्तर संचालन हुने र बौद्धिक अपाङ्गता भएकाहरुलाई प्रत्येक बर्ष छात्रबृति प्रदान गरिदैजाने बीएसएस गार्मेन्ट इण्डष्ट्रीजको सोच र थालनी भएको छ।


प्रकाशन मिति–२०७७ साल फागुन १३ गते विहीवार ।