काठमाडौं। निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ३८ करोड ९० लाख रुपैयाँ सरकारसँग माग गरेको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदमा एकसाथ उपनिर्वाचन हुन लागेको हो।

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पद रिक्त छन् । तीनै तहको निर्वाचन २०७४ मा भएको थियो।
तीनै तहका लागि ३६ जिल्लाका १ सय ५४ वटा वडामा मतदान हुनेछन् ।

ती सबै स्थानका करिब ५ लाख मतदाताका लागि ५ सय ५० वटा मतदान केन्द्र छन्। । जिल्ला–जिल्लामा निर्वाचन व्यवस्थापनका लागि ४६ वटा निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ । एउटै जिल्लामा फरक–फरक स्थानीय तहमा निर्वाचन गर्नुपर्ने स्थानमा स्थानीय तहअनुसार कार्यालय खोलिने भएको छ।
प्रकाशन मिति–२०७६ साल भदौं ४ गते बुधवार ।