काठमाडौं। उपन्यास अव पढने होइन । सुन्न मिल्ने भएको छ। कथानक रुपमा उपन्यास अव मज्जाले आँखा चिम्लेर विभिन्न काल्पनिक भावमा तरंगित बनेर त्यो पनि नेपालभाषीहरुले नेपालभाषामा सुन्न सकिने भएको छ।

सुन्न पाइने नेपालभाषाको सामाजिक उपन्यासा पामिलाको अडियो बुक सार्वजनिक भएको छ। नेपालभाषाका लोकप्रिय उपन्यासकार राज सायमिको सामाजिक उपन्यास ‘पामिला’को अडियो बुक युट्युब मार्फत सार्वजनिक भएको हो।

कुतः पिकाकःले आफ्नो २३८ औं प्रकाशनका रुपमा यो उपन्यास सार्वजनिक गरेको हो। समाजको कारुणिक चित्रण रहेको उपन्यास ‘पामिला’को अडियो बुकमा आवाज लोकप्रिय रेडियोकर्मी सुरजवीर बज्राचार्य रहेको छ भने निर्माण पनि बज्राचार्यले नै गरेका हुन् ।

जासुसी उपन्यासको क्षेत्रमा स्थापित राज सायमिको यसअघि ‘योम्ह शत्रु’, ‘मखुगु रहस्य’, ‘ग्यानापुगु छेँ’, ‘कनेमज्यूगु बाखं’, ‘मुसुकाःगु ख्वबि’, ‘न्ह्यायेदुगु सर्गः’, ‘मृत्यु महल’ र नेपाली भाषाको ‘पर्दाभित्रको रहस्य’ लगायतका उपन्यास प्रकाशित भैसकेका छन्।

प्रकाशन मिति–२०७७ साल असोज ६ गते मंगलवार ।