Upendra Yadav 2काठमाडौ। डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपाललाई समेत काँधमा बोकेर पहिलो चरणको बैशाख ३१ गते हुन गैरहेको स्थानीय चुनावमा होम्मिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुन नदिने चेतावनी दिएको छ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमार्फत मधेसका माग पुरा नभएसम्म मधेसमा चुनाव हुन नदिने चेतावनी दिएका हुन्। वीरगन्जमा फोरम नेपालका शीर्ष नेताहरुको उपस्थितिमा सोमबार आयोजित एक दिने गोष्ठीलाई सम्बोधन गर्दै यादवले संविधान संशोधन नभएसम्म दोस्रो चरणमा हुने भनिएको चुनावमा आफूहरुले भाग नलिने र चुनाव पनि हुन नदिने चेतावनी दिएको हो।

मधेसको माग सम्बोधन नभएसम्म आफूहरुको आन्दोलन जारी नै रहने यादवको भनाइ रहेको छ । मधेसको मागको सवालमा नेकपा एमालेमात्र नभईँ नेपाली काँग्रेस पनि विपक्षमा रहेको भन्दै यादवले एमालेले संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई समाप्त पार्न आन्तरिक रुपमा निर्णय नै गरिसकेको आरोप समेत लगाएका छन्।

Upendra Yadav 1प्रकाशन मिति–२०७४ साल बैशाख २५ गते सोमवार ।