Ami Dahal 6

काठमाडौ। नेपाली चलचित्रको विकासमा थियटर आर्टिष्टको धेरै नै योगदान रहेको छ। थियटरवाट आएका कलाकारले चलचित्रमा राम्रो पकड तथा दख्खलता जमाइरहेको अवस्था छ। यी कलाकारहरुले कलाकारितालाई स्वभाविकता रुपमा पस्कने कार्यभएवाट नयाँ पुस्ता पनि नेपाली चलचित्रप्रति आकर्षित बन्ने क्रम जारी रहेको छ।

Ami Dahal 3

यसक्रममा थियटर आर्टिष्टको रुपमा चिनिएकी राम्री अनि अग्ली कलाकार अमी दाहाल पनि देखिएकी छन्। ५ फिट ९ इञ्चकी थियटर आर्टिष्ट अमीले बरिष्ठ रंगकर्मी सुनिल पोखरेलसंग अभिनयको प्रशिक्षण लिएर थियटरमा काम गर्न थालेकी हुन्।

Ami Dahal 4

त्यसको अलावा हालै सुरज चन्दव्दारा निर्देशित चलचित्र उफ यो मनवाट नायिकामा डेव्यु समेत गरेकी अमीको लक्ष्य तथा उदेश्य भन्नु नै चलचित्र तथा टीभी कमर्सियलहरुमा मात्र अभिनय गर्ने हो। म्युजिक भिडियो तथा टेलिफिल्मतिर अरुको जस्तो अमीको त्यति रुचि देखिएको छैन्।

Ami Dahal 7

कुनैबेला एथलेटिक्स र फुटबलका माहिर खेलाडी समेत रहेकी अमीले जिल्ला स्तरीय रनिङ्ग कम्पिटिसन तथा राष्ट्रपति शिल्ड पनि जितिसकेकी छन्। खेलमा राम्रा अवसर भएतापनि सानैदेखि कलाकार बन्ने रहरले गर्दा अमीले आफू यसतर्फ समाहित बनेको खुलासा गरेकी छन्।

Ami Dahal 5संखुवासभाको माडी स्थायी बासिन्दा अमीले प्लस टुसमम माडीमा नै पढे्की भएतापनि बीबीएस भने इटहरी आएर पढे्की हुन्। काठमाडौ आएर कलाकारितामा लागेपछि पढाईलाई निरन्तरता दिन नसकेपनि कलाकारितामा निरन्तरता दिन थालेकोमा यसैमा उनी गर्वित देखिएकी छन्। नेपालको टप कलाकार बन्ने उनको चाहना रहेको छ। यसको लागि नै आफू हाल संघर्षरत रहेको उनले भनेकी छन्।

Ami Dahal 1प्रकाशन मिति–२०७३ साल चैत्र २३ गते बुधवार ।