काठमाडौं। नेपाली तथा भोजपुरी फिल्मका उम्दा अभिनेत्री निशा घिमिरे दुर्घटनामा परेर ज्यान नै सुकेर गएको दर्दनाक तस्बीर सार्वजनिक भएपछि भाइरल नै भएको छ। तीन बर्षअगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी अभिनेत्री निशा घिमिरेको त्यो दर्दनाक तस्बीर सार्वजनिक भएको हो।

उम्दा अभिनेत्रीको त्यो दर्दनाक तस्बीर सार्वजनिक भएपछि नेपाली चलचित्रकर्मी लगायत सवैले हारगुहार र उपचारका लागि अनुरोध गरेका थिए। जसअनुरुप, काठमाडौंको नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीको पहलमा उद्धार भएर हाल नर्भिक अस्पतालमा उपचार शुरु भएको छ। नर्भिकको उपचार पश्चात अभिनेत्री घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको जनाइएको छ।

भारतको देहरादुनमा घाइते भए लगतै निशाको उपचार भारतमा भैरहेको थियो । तर, उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण भारतमा उपचार हुन सकेन र उनको परिवारले उनलाई नेपाल ल्याएर उपचार शुरु गरेको थियो। काठमाडौंको ट्रमा सेन्टरमा ३ महिना उपचार भएपनि उनको अवस्था सुधार हुन सकेन।

यसपछि, डाक्टरहरुको सल्लामा उनको विभिन्न थेरापी सेन्टरमा थेरापी पनि चलिरहेको थियो। एकातिर आर्थिक अवस्था कमजोर हुनु र अर्कोतिर कोरोना संक्रमण बढ्नु, उनको परिवारले उनलाई घरमै ल्यायो। अर्धचेत अवस्थामा घरमै रहेकी निशाको शरीर सुक्दै गएको थियो। निशाको नशामा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उनको अवस्थामा धेरै सुधार हुने अपेक्षा गरिएको छ।

प्रकाशन मिति–२०७८ साल जेठ २८ गते शुक्रवार ।