काठमाडौं। नेपाली समसामयिक साहित्यकार उर्वर साहित्यकार भीष्मराज फुलाराको चौथो कृति वासुदा उपन्यास सार्वजनिक भएको छ। साहित्यकार नवराज लम्साल, समालोचक ज्ञाननिष्ठ ज्ञवाली ,लेखक स्वयम् फुलारा र उनका दाजु वासुदेव फुलाराले संयुक्त रूपमा उक्त कृति लोकार्पण गरेपछि सार्वजनिक भएको हो।

ज्ञाननिष्ठ ज्ञवालीको नौ पृष्ठ लामो भूमिका रहेको कृतिमा संघर्ष , प्रेम र उद्देश्यको त्रिवेणी रहेको प्रमुख वक्ता ज्ञवालीले चर्चा गरे। लोकार्पण कार्यक्रममा साहित्यकार नवराज लम्सालले लेखकलाई शुभकामना दिए।

लेखकले आफू साहित्यमा लागेर अपार आनन्द पाएको कुरा व्यक्त गरेका थिए। लेखकका दाजु वासुदेव फुलाराले आफ्नो संघर्षको कथा उपन्यासमा आएपनि यो धेरै युवाको कथा भएको चर्चा गरे। कार्यक्रमको आयोजना फुलारा लिटरेचर फाउन्डेसनले आयोजना गरेको थियो।

प्रकाशन मिति–२०७८ साल फागून ९ गते सोमवार ।