काठमाडौं। कोरोना महामारी एकमात्र कारणले गर्दा विगत डेढ बर्षदेखि फिल्म हलहरु बन्द छन्। कतिपय हलहरु त चर्को खर्च धान्न नसक्ने भएयता सदाका लागि नै बन्द गरिसकेका छन्। फिल्म हलमा फिल्म चलाउने र दर्शक आउछ भन्ने स्थिति छैन्।

यस्तो अवस्थामा रिलिजको लागि डेढ बर्षदेखि लाइनमा रहेका फिल्म रिलिजको बाटो भनेको डिजिटल मार्ग उही युट्युब च्यानल बाटो भएको छ। पैसा कमाएपनि नकमाएपनि युट्युब च्यानलवाट डारेक्ट फिल्म रिलिज गर्ने क्रम तथा उपक्रम चल्दैजाने निश्चित भएको छ।

यसक्रममा नेपाली फिल्म उल्झन पनि उल्झनमा पर्दापर्दै युट्युब च्यानलको बाटो हुंदै फिल्म रिलिज गर्न बाध्य बने । सोही बाध्यताको भूमरीमा पर्दै नेपाली कथानक चलचित्र उल्झनले र अन्त्यमा युट्युब च्यानलवाटै रिलिज गरेको जानकारी यस चलचित्रका प्रमुख पात्र नायक ध्रुब दत्तले लण्डनवाट भिजन संसार डटकमलाई दिएका छन्।

नायक ध्रुब दत्तको भनाईमा चलचित्र उल्झनमा विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखका कथा समेटिएको कथावस्तु रहेको छ। यस चलचित्रको निर्देशन राजु अधिकारीवाट भएको छ। आशुतोष फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा
तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेका छन्। ध्रुव दत्तका साथमा, रजनी केसी, रामचन्द्र अधिकारी, बेनी ढुङगाना, लगायतका कलाकारको बेजोड अभिनय रहेको छ ।

प्रकाशन मिति–२०७८ साल भाद्र १ मंगलवार ।