Krishna Bhakta Maharjan 4

काठमाडौ। हंगकंगमा बसोबास गर्दैआएका नेपालका प्रसिद्ध उस्ताद कृष्णभक्त महर्जनको गीत, गायन तथा संगीत रहेको म्युजिक भिडियोहरुको संग्रह रहेको देके वम्ह मयजु नामक डीभीडी एल्वम सार्वजनिक भएको छ।

Krishna Bhakta Maharjan 1

उस्ताद महर्जनको गृहनगर ललितपुरको सुनाकोठीमा आयोजित कार्यक्रममा लोकार्पण भएको छ। नेपाली कालजयी गीतका बरिष्ठ गायक प्रेमध्वज प्रधान तथा बरिष्ठ गायक रत्न बेहोशीको आतिथ्यतामा डीभीडी एल्वम शनिवार विमोचन भएको छ। झी नेवा मल्टीमिडिया प्रोडक्सनको प्रस्तुति रहेको डीभीडी एल्वम देके वम्ह मयजुमा आठ वटा गीतको चिताकर्षक म्युजिक भिडियोहरु संग्रहित रहेका छन्।

ती सवै गीतका भिडियोहरु एक से एक रहेको र अझ नेवार कल्चरलाई जस्ताको तस्तै प्रस्तुत गरिएका भिडियोहरुको कारण डीभीडी एल्वम अर्गानिक भएको टिप्पणी बरिष्ठ पत्रकार विजयरत्न तुलाधरले गरेका छन्। बरिष्ठ गायक रत्न बेहोशीले पहिला कानले सुन्ने गीतको प्रभाव थियो भने, हाल आँखाले हेर्ने गीतको माग रहेको बताए। प्रमुख अतिथि प्रेमध्वज प्रधानले परदेशमा रहेर पनि स्वदेशको मायालाई गीतको माध्यमवाट कृष्णभक्त महर्जनले गर्दैआएको प्रयासलाई सह्राना गरेका छन्।

Krishna Bhakta Maharjan 2

देके वम्ह मयजुका स्रष्टा उस्ताद कृष्णभक्त महर्जनले भने मातृभूमि र मातृभाषाप्रतिको प्यार तथा लगावले निरन्तर मातृभाषाका गीत–संगीत सिर्जना गर्नमा आफू तल्लिन रहेको सुनाए। लोकार्पित डीभीडी एल्वममा देके वम्ह मयजु, ह्याँगु मल्टा, थीला पुन्ही, हाकु मुस्या पालु छ्वयेला, मगः हिटी, गनः वने त्यनाः मयजु, तिमीलाः थे छंगु ख्वाः, योमरी चाकु चताँमरी माकु बोलका अर्गानिक नेवार भाषाका लोकप्रिय गीत रहेका छन्।

ती सवै गीतका गीतकार तथा संगीतकार कृष्णभक्त महर्जन हुन्। गायन कृष्णभक्त महर्जन, रामभक्त महर्जन, राजेन्द्र डंगोल, महेश शिल्पकार र रुपेश डंगोलको रहेको छ। सात वटा गीतको हरिशरण सायमी र एकवटा गीतको म्युजिक एरेञ्ज बीरेन्द्र शाक्यले गरेका छन्।

प्रकाशन मिति–२०७३ साल माघ ९ गते आइतवार