Uljhan 1काठमाडौ। एउटा सपना बोकेर बिदेशिएको युवा,उसले भोगेका पीडा र पाएका सफलता र यसले परिवार र समाजमा उत्पन्न दरार लाई मुख्य कथाबस्तु बनाएर चलचित्र उल्झन निर्माण भएको छ।

राजु अधिकारीको निर्देशनमा निर्माण भैरहेको उक्त चलचित्रमा तेजेन्द्र कंडेल प्रस्तुतकर्ता रहेको उक्त चलचित्रमा नायक ध्रुव दत्तको उल्झन रहेको छ। साथमा रजनी केसी, बेनी ढुङ्गाना,दीपक ढकाल र रामचन्द्र अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

Uljhan 2

लक्ष्मण घिमिरेको छायांकन रहेको उक्त चलचित्रको निर्माताहरुमा तेजेन्द्र कंडेल,नारायण ढुंगाना, सन्तोष अधिकारी, नविन अधिकारी रहेका छन्। हाल नेपालमा छायाँकन भैरहेको यस चलचित्र बेल्जियममा पनि छायांकन हुने भएको छ। चलचित्रमा हीरामणि न्यौपाने र दिनेश गौतमको संगीत , कुमार महर्जनको द्वन्द्व र शिव बिकको नृत्य रहेको छ।

Uljhan 3प्रकाशन–२०७४ साल भाद्र ४ गते आइतवार ।