काठमाडौं। यो एकै बर्षमा तीन वटा अवार्ड हात पार्ने भाग्यमानी गायक समिर हमाल बनेका छन्। यो बर्ष आयोजित तीन म्युजिक अवार्ड कार्यक्रममा एउटै गीतवाट तीनवटा फरक अवार्ड गायक हमालले पाएका हुन्। गायक हमालको यो बर्ष सार्वजनिक भएको यो स्वार्थी नामक एल्बममा संग्रहित वितिजाने बोलको हिट गीतवाट ती तीनवटै अवार्ड जितेका हुन्।

सिंगापुरमा भएको बक्स अफिस म्युजिक अवार्ड, काठमाडौंमा भएका दुई अवार्ड नेशनल क्यापिटल म्युजिक अवार्ड तथा ओएस नेपाल म्युजिक अवार्डवाट गायक हमाल अवार्डेट बनेपछि यो बर्ष हमालले अवार्डमा ह्याट्रिक गरेर नयाँ रेकर्ड राखेका छन्। एउटै गीतवाट तीनवटा अवार्ड पाएपछि गायक हमाल अत्यन्त हौशिएका छन्।

त्यसरी अत्यन्त हौशिएका हमाल नयाँ बर्ष २०७६ सालको लागि नयाँ एल्वम निकाल्ने तयारीमा लागेका छन्। स्रोता तथा दर्शको अपार माया र साथवाट आफू नयाँ एल्वम निकाल्न हौशिएको गायक हमालले बताएका छन्।

विगत डेढ दशकदेखि नेपाली पप, आधुनिक तथा फ्युजन गायनमा सक्रिय गायक हमालले हर्रर गीत गाएर पनि रेकर्ड राखिसकेका छन्। गायक हमाल संभवत हर्रर गीत गाउने पहिलो गायक पनि हुन्। यसले गर्दा कतिले हमाललाई नेपालको पहिलो हर्रर गायक पनि भन्ने गरेको छ।

प्रकाशन मिति–२०७५ साल फागुन ७ गते मंगलवार ।