One Hand Claper Prajan Paudelकाठमाडौ। ताली एउटै हातले बज्दैन। ताली बजाउन दुवै हातको आवश्यकता पर्ने गर्छ। तर, विराटनगर कंचनवाडीका तन्नेरी प्रजन पौडेलले एउटै हातले ताली बजाएर सवैलाई चकित पार्ने गरेको छ।

एउटै हातले मज्जाले ताली बजाउने पौडेलको बेजोड कलावाट प्राय सवै तीनछक्क पर्ने गरेको छ। सानै उमेरदेखि ताली बजाउने अभ्यास गर्दागर्दै एउटै हातले ताली बजाउन सफल भएको बताउने पौडेलले भिजन संसारसंगको कुराकानीमा बताएका छन्।

उनको यो बेजोड खुवीले स्कुल तथा क्याम्पसका विद्यार्थीहरु माझ उनी आकर्षणको केन्द्रविन्दू बन्ने गरेका छन्। ताली एउटै हातले बज्दैन भन्ने नेपाली उखानलाई फेल गर्नकै लागि भएपनि एउटै हातले ताली बजाउन सकिन्छ र बजाउन मिल्छ भन्ने प्रमाण देखाउन आफूले त्यसप्रकारको मेहनत गरेको उनले भनेका छन्।

अघिल्लो बर्ष एसएलसी पास गरेको लगतै अभिनय सिक्नको लागि काठमाडौको फिल्म कलेजमा भर्ना भएका उनी सर्वनाम थियटरमा पनि थियटर कलाको अध्ययनमा व्यस्त बनेका छन्। आफूभित्रको एउटै हातले बजाउने तालीको बेजोड कला र कलाकारितालाई एकसाथ लाने कोशिशमा उनी रहेका छन्।

प्रकाशन मिति–२०७२ साल चैत्र १३ गते शनिवार ।