काठमाडौं। एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता कटौती नहुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै सामाजिक सुरक्षा भत्तामा कटौती नहुने बताएका हुन्।

सामाजिक सुरक्षा भत्ता पाउँदै आएकाको कटौती नहुने र अझ त्यसको दायरा फराकिलो पारिने प्रधानमन्त्री ओलीले भनेका छन्। सरकारले ६० वर्षमुनिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता नदिने भनेर यसअघि गरेको निर्णय उल्ट्याउँदै उक्त भत्तालाई निरन्तरता दिने भएको हो।

कोरोना कहरको अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती नगरिने र सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ भनेर प्रधानमन्त्री ओलीले भनेका छन्।


प्रकाशन मिति–२०७७ साल जेठ १२ गते सोमवार ।