काठमाडौं। चार दशकदेखि नेपालभाषा र नेपालीभाषाको सांगीतिक क्षेत्रमा क्रियाशील गीतकार प्रकाश दीपको एक होइन, तीन गीति–एल्बमको एकसाथ सार्वजनिक भएको छ।

शनिवार आयोजित भव्य कार्यक्रम वीच गीतकार प्रकाश दीपका तीन एल्बमहरुको विमोचन पश्चात सार्वजनिक भएका हुन्। सार्वजनिक भएका एल्बमहरु चौबन्दी चोली, गोरी गोरी अलि काली काली र परदेशी दाजै रहेका छन्।

नेपालका गोल्डेन भ्वाइस उपनामवाट ख्यातिप्राप्त बरिष्ठ गायक प्रेमध्वज प्रधान तथा नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा ती तीन एल्बमहरुको विमोचन भएको थियो। विमोचन कार्यक्रममा गीतकार आनन्दरत्न बज्राचार्य, संगीतकार जुगल डंगोल र गायक जेम्स प्रधानको आतिथ्यता रहेको थियो।

रवि खनाल, गोविन्द ह्यूमत, सरिता शाही, रोजी डंगोल श्रेष्ठ, एञ्जिला सिंह लगायतका गायक–गायिकाहरुले सांगीतिक प्रस्तुति पस्केका थिए। सोही कार्यक्रममा गीतकार प्रकाश दीप र अनु श्रेष्ठ वीचको ३०औं बैबाहिक बर्षगाठलाई सरप्राइजका रुपमा मनाइएको थियो।
प्रकाशन मिति–२०७५ साल फागुन २७ गते सोमवार ।