Eklabya Filmकाठमाडौ। नेपाली चलचित्र एकलब्य निर्माण हुने भएको छ। एक्सन, कमेडी र सामाजिक बिषयमा निर्माण हुन लागेको चलचित्र ‘एकलब्य’को सोमबार कोटेस्वरस्थित महादेवस्थान मन्दिरमा शुभ–मुर्हुत भएको हो। मङ्गलबारबाट छायाँकन शुरु गरिएको छ।

चलचित्रमा सोनम थापा, पुष्कर राउत, महिमा सिल्वाल, ओशिन भट्टराई, शुशिल पोख्रेल, उमेश खडका, सुष्मा कार्की, रामचन्द्र अधिकारी, उग्रसेन ढुङ्गाना, अरुना गौतम, राजेन्द्र दुलाल, सीपी पौडेल, नवीन रेग्मी, विराट ल्वागुन, कमल आले, आकाश वंजन, सुमन ढकाल, पेमा लामा, प्रविन, दावा लामालगायतका कलाकारको अभिनय रहने छन्। त्यस्तै बालकलाकारमा आयोनेस भट्टराई र शुलभ वम्जन रहेका छन्।

अवि थापा निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता राजेन्द्र दुलाल रहेका छन् भने कार्यकारी निर्माता प्रविण श्रेष्ठ रहेका छन् । अनमोल शर्माको निर्देशन रहेको यो चलचित्रमा शंकर महर्जनको द्वन्द्व, कृष्ण श्रेष्ठको छायाँकन, भोजराज देवकोटाको लेखन, बसन्त सापकोटाको सङ्गीत, कविराज गहतराज र रामजी लामिछानेको नृत्य रहेको छ।
प्रकाशन मिति–२०७४ साल साउन ३१ गते मंगलवार ।