कविता–
–प्रेमसागर कर्माचार्य
(कवि एवम् रेकर्डेट रक्तदाता)

मानव तिमी जहाँ जहाँ जान्छौ जता जता छौ
यो ब्राह्मण मै कहिँ कतै समाहित नै छौ ।

रगत बुझ्न बुझाउन हामी सबले नबिर्सौं
रक्तदान गरि यो जुनीलाई सार्थक बनाऔं ।।

बाह्रमासे मौसम झैं सदाबहार बन्नु पर्ने
नरनारी बालबृध्द सबलाई समेट्नु पर्ने
कहिँ कतै नपाउने रगत सबले बुझ्नु पर्ने
रक्तदान एउटै माध्यम सबले गर्नु पर्नपर्ने

जन्मदै कसैले खोज्छन् सहारा रगत पाउँन
एक पाईला अघि बढाऔं रक्तदान बुझाउन
उत्प्रेरणा हामीहरू जगाऔं रक्तदान गराउन
अभाव पूर्तिगर्न गरौं सबले नियमित रक्तदान

प्रकाशन मिति–२०७५ साल असोज १२ गते शुक्रबार ।