काठमाडौं। नेपालमा बहुविवाह गरेमा कडा कानूनी प्रावधान रहेको छ। कडा कानूनका कारण बहुविवाह गर्ने नेपालीहरुको संख्या अत्यन्त कम हुंदैगएको छ। तर, अरब मुलुक युएइ सरकारले भने बहुविवाहमा प्रोत्साहन दिन थालेको छ। एक पुरुषले दुई श्रीमती ल्याउनेलाई अतिरिक्त घरभाडा भत्ता दिने भएको छ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै युएइ सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्।

युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको संख्या घट्ने अनुमान गरिएको छ।

अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिने भएको छ ।
प्रकाशन मिति–२०७५ साल पुष १२ गते विहीवार ।