Temporary Policeकाठमाडौ। स्थानीय निर्वाचनको लागि मागिएको एक महिने म्यादी प्रहरीको जागिरमा धेरैको आकर्षण बढ्ेको छ। साना–मध्यम देखि उच्च खानदानका परिवारका सदस्यहरुको समेत यस एक महिने जागिर प्रति अत्यन्त आकर्षण बढ्ेको नेपाल प्रहरीले जनाएको छ।

एक महिने जागिरका लागि आवेदन दिनेहरु वीच व्यापक प्रतिस्पर्धा भैरहेको छ। एक महिने जागिर नपाइने हो कि भनेर पहुंचवालाहरुवाट माथिल्लो निकायमा फोन गर्ने र गराउनेहरु पनि धेरै भएको पाइएको छ। ७५ हजार माग गरिएकोमा देशभरवाट १ लाख ७५ हजारभन्दा बढीको आवेदन परिसकेको छ।

यसैमध्ये नेपाल प्रहरीका पूर्वआईजीपी खड्गजीत बरालका नाति पूजन बरालले समेत एक महिने म्यादी प्रहरीका लागि आवेदन दिएको र पूजनलाई म्यादी प्रहरीमा भर्ना गरिदिन पूर्वआईजीपी बरालको काठमाडौ प्रहरी परिसकार प्रंमुख एसएसपी छविलाल जोशीलाई फोन आएको खवर रहेको छ।

पूर्वआईजीपीका नाति पूजन बरालले पनि एक महिने म्यादी प्रहरीमा भर्ना भएर दूर्गम ठाउंमा गएर सेवा गर्ने रहर भएको प्रमुख एसएसपी जोशीलाई सुनाएका छन्। यसले गर्दा पनि नेपाल प्रहरीप्रति युवाहरुको आकर्षण अत्यन्त बृद्धि भएको र देशको सेवा गर्न युवाहरु तयार भएको पुष्टि भएको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र २१ गते सोमवार ।