काठमाडौ। नेपाली गीत संगीत क्षेत्रको विकास र संगीतकर्मीहरुको हितका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले हरेक वर्षझै यसपाली पनि विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ आयोजना गर्ने भएको छ।

bindabasini-foundationआगामी कार्त्तिक २६ गते शुक्रबार दिउँसो साँढे २ बजे राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा भव्य समारोहका बिच हुने कार्यक्रममा यस वर्ष एक स्रष्टालाई संगीतकर्मी सम्मान तथा ७ जना पत्रकारलाई संगीत पत्रकारिता सम्मान प्रदान गरिने भएको छ। फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीका अनुसार यस वर्षो विन्ध्यवासिनी संगीतकर्मी २०७३ बाट ख्यातीप्राप्त गीतकार डा. कृष्णहरी बराललाई सम्मानित गरिनेछ। गीतकार डा. बरालले गीत रचनामार्फत सांगितीक क्षेत्रको श्रीबृद्धीका लागि पुर्‍याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै ५० हजार १ रुपियाँसहित सम्मान अर्पण गरिने अध्यक्ष रेग्मीले जानकारी गराउनुभयो। डा. बराललाई एमआई मोबाइलका तर्फबाट ५० हजार १ रुपियाँ प्रदान गर्न लागिएको हो।

सोही अवसरमा हरेक वर्षझै यस वर्ष पनि पत्रकारितामार्फत संगीत क्षेत्रको विमास र उन्नतीका लागि योगदान पुर्‍याउने पत्रकारहरुलाई सम्मान गरिने फाउण्डेसनका सदस्य सुवास रेग्मीले जानकारी गराउनुभएको छ। यस वर्ष जनही नगद ५ हजार रुपियाँसहित पत्रकारहरु सामिप्य तिमलसेना, सन्तोष भट्टर्राई (नेपालीको रेडियो ), अशेष अधिकारी, अनुषा पौडेल, गीता अधिकारी, सुरज पौडेल र एमपी सुब्बालाई विन्ध्यवासिनी संगीत पत्रकारिता पुरस्कार प्रदान गरिनेछ।

सांगितीक क्षेत्रका हस्तीहरुका बिच हुने कार्यक्रममा दुबै मृगौलाले काम गर्न छोडी जीवन मरणको दोसाँधमा गुज्रिरहेका पशुपति म्युजिकका सञ्चालक तथा संगीत व्यवसायी शिव पौडेललाई मृगौला प्रत्यारोपणमा सहयो पुर्‍याउने उद्येश्यले उपचार सहयोग रकम उपलब्ध गर्राईने भएको छ। फाउण्डेसनका आजीवन सदस्य र साधारण सदस्यका साथमा शुभेच्छुकहरुबाट प्राप्त १ लाख ५२ हजार ६ शय ७ रुपियाँमा विन्ध्यवासिनी म्युजिक कम्पनीले १ लाख ५८ हजार रुपियाँ थप गरी ३ लाख १० हजार ६ शय ७ रुपियाँ उहाँको उपचारका लागि हस्तानतरण गर्न लागिएको होँ’ विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रवन्ध निर्देशकसमेत रहनु भएका रेग्मीले जानकारी गराउनु भयो।

फाउण्डेसनले यसअघि २०७० सालमा पहिलो कार्यक्रमस्वरुप सत्य स्वरुपराज आचार्य एकल साँझ आयोजना गरी भक्तराज संगीत प्रतिष्ठानलाई १५ लाख रुपियाँ सहयोग उपलब्ध गराएको थियो भने २०७१ सालमा विमल डांगी एकल साँझ आयोजना गरी डोल्पा र स्याङजाका ४ विपन्न तथा अहसाय बालबालिकालाई अध्ययनमा सहयोग पुर्‍याँदै आएको छ।

आगामी मंसिर २४ गते शुक्रबार राजधानीको भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा आयोजना हुने सातौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७३ को कुल ३१ विधाको मनोनयनमा पर्ने संगीतकर्मीहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिने कार्यक्रममा विभिन्न ख्याती प्राप्त गायक गायिकाले गीत संगीत प्रस्तुत गर्नेछन्।

सो अवसरमा रामकृष्ण ढकाल, प्रमोद खरेल, बद्री पंगेनी, रामचन्द्र काफ्ले, जुनु काफ्ले, मञ्जु पौडेल, अर्पणराज गिरी, रश्मी तामाङ, सुमन सरगमलगायतका गायक गायिकाले गीत संगीत प्रस्तुत गर्नेछन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक २२ गते सोमवार ।