काठमाडौँ। एक हप्ता लामो यो बर्षको इन्द्रजात्रा संपन्न भएको छ। आजै गत असोज ५ गते भाद्रकृष्ण द्वादशीका दिन गाडिएको लिङ्गो राति १० बजेर २७ मिनेटको साइतमा ढालिएपछि यस वर्षको इन्द्रजात्रा समापन भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन आज शुक्रवार वसन्तपुर पुगेर श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नाका साथै प्रसाद ग्रहण गरेकी छन्।

दर्शनका क्रममा राष्ट्रपति भण्डारीले कुमारीलाई वस्त्र, आभूषण र सुपारी प्रदान गरेकी थिइन्। इन्द्रजात्राको आज अन्तिम दिन यसअघि महिलाहरुले जीवित देवी कुमारीको रथ तानेर रथयात्रा गरेका थिए।


प्रकाशन मिति–२०७५ साल असोज १२ गते शुक्रबार ।