काठमाडौ। भक्तपुरको बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रा परापूर्वकालदेखि नयाँ बर्षको बैशाख २ गते हुंदैआएको छ। जुन परम्परा यतिखेर विश्वप्रसिद्ध नै भैसकेको बेलामा बोडेकै छिमेकी नगर ठिमीमा पनि यो बर्षको इन्द्रजात्राको भोलिपल्टवाट जिब्रो छेडाउने जात्राको परम्परा शुरुवात गरिएको छ। यसअघि खासै चर्चामा नआएको ठिमीको जिब्रो छेडाउने जात्राले यो बर्षवाट गत्ति पाएको छ।

Thimi ko Jibro Chhedaune Jatra११ बर्षअघिवाट रोकिएको भनिएको ठिमीको जिब्रो छेडाउने जात्रा बुधवार संपन्न भएको छ। मध्यपुर थिमी नगरपालिका ५ का २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले ११ वर्षपछि बुधबार पुनः जिब्रो छेडाएका हुन्। मध्यपुर थिमि नपा इन्द्रजात्राको भोलिपल्ट हुने यन्यापुन्हीया मेप्वा जात्राअन्तर्गत बुधबार वीरेन्द्रभक्तले दोस्रोपटक जिब्रो छेडाएका हुन्।

यसअघि २०६३ सालमा वीरेन्द्रले जिब्रो छेडाएपछि रोकिएको थियो। ११ वर्षसम्म जात्रा रोकिँदा पनि जिब्रो छेडाउन कोही अघि नसरेपछि वीरेन्द्र आफै यसवर्ष पनि जिब्रो छेडाउन अघि सरेका हुन् । उनलाई स्थानीयले पनि यस वर्ष राम्रै साथ दिएका छन्।स्थानीय दिगु भैरव मन्दिर सामुन्ने रहेको दबुमा हजारौं भक्तजनको सामुन्ने कर्मी नाइके बाबुराजा श्रेष्ठले वीरेन्द्रको जिब्रो छेडेका हुन्।

याँ मतासहित आएका कर्मी नाइके श्रेष्ठले सातादिनअघि नै तयार गरेको करिब एक फिट लामो सुइरोले वीरेन्द्र जिब्रो छेड्दा दबुमा उपस्थित नायो पमा श्यामकाजी श्रेष्ठ, कान्छा नाइके मुकुन्दलाल श्रेष्ठलगायत जात्रालुहरुले दिगुभैरव र वीरेन्द्रको जयजयकार गरेका थिए। जिब्रो छेडाइसकेपछि वीरेन्द्रले महाद्वीप बोकेर मध्यपुर थिमी नगर क्षेत्र परिक्रमा गरेका छन्। उनलाई बाटोमा कुनै बाधा व्यवधान नहोस् भनेर स्थानीय युवाहरु सुकेको निगालो फुटाएर बनाएको लठ्ठी बजाएर अघि अघि लागेका थिए।

मध्यपुर थिमी नगर परिक्रमापछि बालकुमारी मन्दिर पुगेका वीरेन्द्रको जिब्रो छेडिएको सुइरो झिकिएको थियो । सुइरो झिकिएपछि घाउ भएको जिब्रोमा बालकुमारी मन्दिरभित्रको माटोसँगै चिनी एकमात्रै खुवाइएको थियो। सुइरोले घाउ भएको जिब्रोको औषधि नै बालकुमारी मन्दिरभित्रको माटो र एकमात्रा चिनी हो। यसो गर्दा जिब्रोबाट रगत पनि आउन पाउँदैन र घाउ पनि चाँडै पुरिने परम्परागत विश्वास रहेको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र २१ गते बुधवार ।