काठमाडौं। अनाधिकृतरुपमा एटीएमबाट पैसा चोरी प्रकरणमा थप एक जना चिनियाँ नागरिक पकाउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौँले हिजो मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेर अनुसन्धान थालेपछि थप एक चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। ती चिनियाँ नागरिकबाट ५ हजार ८ सय डलरलगायत विदेशी मुद्रासमेत बरामद भएको छ।

प्रहरीले एटिएमबाट रकम निकाल्दै गर्दा सुरुमा एकजनालाई पक्राउ गरेको र त्यसपछि उनको बयानका आधारमा अरु चारजनालाई होटलबाट पक्राउ गरिएको थियो। होटलमा बसेका चारजना प्रहरी देख्नेबित्तिकै भाग्न खोजे पनि पक्राउ गर्न सफल भएको थियो। र सोही स्थानबाट पैसासमेत बरामद भएको थियो।
प्रकाशन मिति–२०७६ साल भदौ १६ गते सोमवार ।