काठमाडौ। एक दिने एडभान्स व्युटी सेमिनार तथा तिज विशेष कार्यक्रममा प्रतिस्पर्धात्मक डान्स कम्पिटिसन शनिवार संपन्न भएको छ।

व्युटी फर लाइफ नारा बोकेको न्यू–लुकसंगको सहकार्यमा बालुवाटारमा रहेको विभुति व्युटी केयर एण्ड व्युटी इन्ष्टिच्यूटकी व्युटी एक्सपर्ट रमिता श्रेष्ठको आयोजनामा उक्त कार्यक्रम काठमाडौको धुम्बाराही चोक स्थित स्मार्ट क्याफेको सभाभवनमा भएको हो।

न्यू–लुकका व्युटी एक्सपर्ट तथा व्युटी टेक्निसियनहरुको अगुवाईमा भएको व्युटी सेमिनारमा सयौं व्युटीसियनहरुलाई न्यू–लुकको एडभान्स स्मार्ट व्युटी संवन्धमा प्रशिक्षण प्रदान गर्ने कार्य भएको छ। जसको बेजोड ढंगले सहजता कार्य न्यू–लुककी ट्रेनिङ एक्सपर्ट सिर्जना थापावाट भएको हो।

काठमाडौ रहेका सयौं व्युटीसियनहरुको उत्साहजनक सहभागिता भएको यस व्युटी सेमिनारको लगतै भएको तिज विशेष कार्यक्रमको प्रतिस्पर्धात्मक १५ जना वीच डान्स कम्पिटिसन भएको थियो। जसमा निकिता महर्जन फस्ट, जया थापा सेकेण्ड र श्रीया थापा क्षेत्री थर्ड बनेका थिए।

नेपालका अग्रज व्युटी एक्सपर्ट डा.राज्यश्री श्रेष्ठ, एक्सपोज नेपालकी सिइओ अर्चना बस्नेत, नामी साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक नारायण राई र भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृत संलग्न निर्णायक मण्डलले निर्णय गरिएको थियो।

साथमा दुई बेजोड गायिका विष्णुमाया पौडेल तथा शोभा केसी लगायतको कलात्मक दोहरी गायन कार्यक्रमवाट कार्यक्रम थप रोमाञ्चकारी तथा रमाइलो बनेको थियो।


प्रकाशन मिति–२०७५ साल भदौ २ गते शनिवार ।