काठमाडौं। रोमानियाकी एन्ड्रिया एबेलीले इन्स्टाग्राममा आफ्नो फोटो मात्र पोस्ट गरेर पनि बार्षिक करोडौ कमाउने गरेको खुलासा भएको छ। संपूर्ण साप्ताहिकले जनाएअनुसार, रोमानियाको बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम स्टार मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी हुन्।

प्लास्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएको संपूर्ण साप्ताहिकको दावी रहेको छ। आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको एबेलीको दाबी छ।

एबेलीलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन्। हरेक इन्स्टाग्राम पोस्टमा एबेलीले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छन्। सामाजिक सञ्जालमा आफू लोकप्रिय हुनुको कारण इमानदारी भएको एबेलीको भनाई छ।

लाखौँ प्रशंसकले एबेलीका नितम्ब मन पराए पनि केहीले भने उनलाई देखिसहँदैनन्। कतिपयले उनलाई घृणा र निन्दाले भरपूर सन्देश पठाउने गरेका छन्। यद्यपि, यस्ता सन्देशलाई उनलाई फरक भने परेको छैन्।
प्रकाशन मिति–२०७६ साल असोज ३० गते विहीवार ।