काठमाडौ। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सोमबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । दाहाललाई सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ अनुरुप एक बर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्न मागसहित अधिवक्ता दिनेश त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका हुन्।

Prachandaदाहालले गत शनिवार एक अभिव्यक्तिमार्फत् द्वन्द्वकालीन मुद्दामा अदालतले गरेका निर्णयको अवज्ञा गरिएको दाबी त्रिपाठीको छ। ‘अदालतले दिउँंसै रात पार्न खोजेको,’ ‘आफुहरुले अदालतका आदेश नमान्ने,’ तथा ‘के हो अदालत ? ’ भन्ने प्रश्न गर्दै द्वन्द्वकालिन मुद्दाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगले गनुपर्ने भनाई राखेको प्रश्न पनि निवेदनमा उठाइएको छ।

अदालतको वर्तमान रवैया शान्तिप्रक्रिया र संविधानको कार्यान्वयन विपरित रहेको भन्दै मन्तव्य दिएको दाबी पनि गरिएको छ। त्रिपाठीले दाहाललाई अदालतमा लिखित जवाफसहित उपस्थित गराएर बयान लिनसमेत माग गरेका छन्।

प्रकाशन मिति–२०७३ साल जेठ ३ गते सोमवार ।