Larkyal Lama 2काठमाडौ। अकुत सम्पति कमाएको आरोपमा अख्तियार अनुसन्धान आयोगले छानविनको दायरामा राखिएका एमाओवादीका सांसद ल्हारक्याल लामा १४ थान गोलीसहित काठमाडौमा पक्राउ गरिएको छ।

लामाको लकर रहेको दरवारमार्ग स्थित नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा अनुसन्धानको क्रममा लकर खोल्दा सुनचाँदीको स्थानमा १४ थान गोली भेटिएपछि आयोगले तत्काल सांसद लामालाई पक्राउ गरेर आइतवार प्रहरीको जिम्मा लगाएको हो।

Larkyal Lama 1

दरबारमार्गस्थित प्रहरी कार्यालयमा पक्राउको लगतै राखिएतापनि टेकुस्थित महानगरीय प्रहरी मुख्यालयमा स्थान्तरण गरेर सांसद लामालाई हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। लामा नेकपा एमाओवादीका समानुपातिक तर्फका सांसद हुन। लामा प्रारम्भ देखि नै विवादास्पद व्यक्तिको रुपमा देखिदैआएका छन्।
प्रकाशन मिति–२०७२ साल फागुन ३० गते आइतवार ।