काठमाडौ। नेकपा एमाले निकट अनेरास्ववियुको चुनावमा प्रतिस्पर्धी नविना लामा अध्यक्षमा निर्वाचित बनेकी छन्। आइतवार राति घोषित मतपरिणाम अनुसार प्रतिव्दन्दी दीपक गौतमलाई २ सय १६ मतले हराउंदै लामा अध्यक्षमा निर्वाचित बनेकी हुन्। अनेरास्ववियुको इतिहासमा रामकुमारी झांक्री पछि अनेरास्ववियुको नेतृत्व सम्हाल्ने महिला नेतृमा लामा दोश्रो भएकी छन्।

Nabina Lama

नविना संस्थापन पक्षधर हुन्। पदाधिकारीमा पनि अधिकांश नविना समूहकै निर्वाचित भएका छन् ।उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामा विजयी भएका छन्। सबै लामा समूहका हुन्। महासचिवमा पनि नविना लामा समूहका ऐन महर विजयी भए।

सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सुदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन्। तीमध्ये सुदेश, आरती र ओसिममात्रै दीपक समूहका हुन्। कोषाध्यक्षमा पनि नविना समूहकै झपिन्द्र खत्री निर्वाचित भएका छन्।
प्रकाशन मिति–२०७२ साल फागुन ९ गते आइतवार ।