काठमाडौ। नेपालका प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताएका छन्।

एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन (जनता) हुने भन्दै ओलीले नेपाली कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए। मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले उक्त कुरा भनेका हुन्।

आज मदन–आश्रित २५ औं स्मृति दिवस हो। आजैको दिन नेकपा एमालेका बहुचर्चित दुई नेता मदन भण्डारी र जीवराज आश्रितको चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो। जीप दुर्घटना हत्या या दुर्घटना भन्ने कुराको हालसम्म खुलासा भएको छैन्।
प्रकाशन मिति–२०७५ साल जेठ ३ गते विहीवार ।