फेल भन्ने शब्द नै नहुने र मेहेनत गर्नु नपर्ने वा सजिलै पास हुने मानसिकता बोकेर एसएलसी परीक्षा दिएका विद्यार्थीहरु नतिजा प्रकाशित भएपछि निकै अन्यौलमा परेकाछन । ग्रेडिङ प्रणाली भित्रिएपछि विद्यार्थीहरुमा विना मेहनत उच्च शिक्षा हासिल गर्न पाउने आशा बढेको थियो । तर ८२ वर्षे इतिहास बोकेको एसएलसी कै निरन्तरता जस्तै गे्रडिङ प्रणालीमा देखिएको छ । ग्रेडिङ पद्धतिलाई केही फरक र नँया मानिएपनि व्यवस्था भने उस्ताउस्तै देखिएको छ ।

source: News 24 TV