काठमाडौ। नेपालको एसएलसी परीक्षाको ८२ बर्षको इतिहासमा पहिलो पल्ट ग्रेडिङ्ग प्रणालीमा आज अपरान्ह ३ बजेभित्र नतिजा प्रकाशित हुने भएको छ। अघिल्ला बर्षहरुमा जस्तो एसएलसीको नतिजा हेर्न पत्र–पत्रिका कुरेर हानथाप गरेर हेर्नुपर्ने अवस्थाको अन्त यो बर्षवाट भएको छ।

SLC 1ग्रेडिङ्ग प्रणालीवाट कोही पनि फेल नहुने भएकोले परीक्षा दिएका ६ लाख भन्दा बढी परीक्षार्थीहरुको नतिजा पत्रिकामा प्रकाशित गर्न संभव नभएकोले नेपाल सरकारका विभिन्न वेभसाइट तथा नीजि वेभसाइटहरुवाट एसएलसीको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यसको अलावा मोबाइलवाट एसएमएस गरेर पनि थाहा पाउन सकिने भएको छ। एसएमएसतर्फ नेपाल टेलिकमको १६०० मा आफ्नो सिम्बल नम्बर पठाएपछि आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) थाहा पाउन सकिन्छ । एसएमएसका लागि अन्य निजी कम्पनिको नम्बर पनि छन् ।

SLC GRADINGशिक्षा मन्त्रालयको एमओई डट जिओभी डट एनपी, शिक्षा विभागको डीओई डट जिओभी डट एनपी, परीक्षा नियन्त्रण कार्यालयको एसओसीई डट जिओभी डट एनपी, नेपाल टेलिकमको एसएलसी डट एनटीसी डट एनइटीबाट पनि नतिजा थाहा पाउन सकिन्छ । नेपाल टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट कुन बिषयमा कति जीपीए, कुन ग्रेड प्राप्त गर्‍यो भन्ने सम्पूर्ण विवरण थाहा पाउन सकिन्छ । यी वेबसाइटमा सिम्बल नम्बर र जन्ममिति राखेपछि ग्रेडसिटमा उल्लेख हुने सम्पूर्ण विवरण हेर्न सकिन्छ।

SLC result in website

प्रकाशन मिति–२०७३ साल असार २ गते विहीवार ।