काठमाडौ। यो बर्षको एसएलसी परीक्षाको रिजल्ट भोलि विहीवार हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार सार्वजनिक गर्ने एसएलसी नतिजा अक्षरांकन पद्धतिमा प्रकाशित हुने बताईएको छ। विद्यार्थीहरु उत्तीर्ण वा अनुत्तीर्ण नहुने भएकोले ग्रेस माक्र्सको व्यवस्था हटाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए।

SLC

यस अघि विद्यार्थीलाई एसएलसी परीक्षा समिति बोर्ड बैठकले निर्णय गरी बढीमा दुई विषयमा ५ नम्बर ग्रेस मार्कस थपेर पास गराउँदै आएको थियो। बढीमा दुई विषयमा ‘डि’ र ‘ई’ प्राप्त गर्ने परीक्षार्थीले सोही वर्ष ग्रेड वृद्धिको लागि ‘ग्रेड वृद्धि’ परीक्षा दिन सक्नेछन्। परीक्षार्थीले ग्रेडसिटाम बढीमा दुई विषयमा डी र ई वा डी र डी,वा ई र ई प्राप्त गरेको छ भने उसले एक पटकलाई आफनो ग्रेड वृद्धि गर्न सोही वर्ष ग्रेडवृद्धि परीक्षामा सामेल हुनसक्ने नयाँ ब्यवस्था गरिएको छ।

दुई भन्दा बढी विषयमा डि र ई प्राप्त गर्ने परीक्षार्थीहरुकोलागि अर्को वर्षको मूल परीक्षामा सामेल हुने व्यवस्था समेत पनिकाले गरेको छ। एसएलसी परीक्षाको परीक्षाफल पत्रिकामा प्रकाशन नहुने भएको छ। ६ लाख सहभागी सबै पास हुने हुँदा सबैको सिम्बोल नम्बर पत्रिकामा छाप्न गाह्रो हुने भकाले वेबसाइट तथा एसएमएसमार्फत् पनिकाले रिजल्ट प्रकाशन गर्न लागेको हो।

यस वर्ष कूल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी थिए । एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक परीक्षा नियन्त्रक कार्यालय सानोठिमीले ग्रेस माक्र्स दिने ब्यवस्था हटाउने भएको छ।
प्रकाशन मिति–२०७३ साल असार १ गते बुधवार ।