Chandra Dhakal 2काठमाडौ। बाग्लुङ्ग जिल्लाको विकट गाउंमा जन्मेका नेपालको प्रतिष्ठित क बर्गको बैंक ग्लोबल आइएमई बैकका अध्यक्ष चन्द्र ढकाल आफूलाई एसएलसी फेल केटा भन्न रुचाउंछन्।

वि.सं.२०४० सालमा एसएलसी फेल भएपछि रिटोटलिङ्ग गनै पहिलो पल्ट काठमाडौ आएको बताउंने अध्यक्ष ढकाल त्यसपछि आइकमको परीक्षामा अरुले चिट चोर्दै गरेको हेरिरहेको बेलामा चिट चोर्ने सहित आफूलाई पनि पक्रिदा पूरै परीक्षा रद्द भएको त्यो तितो सत्य बताउने ढकालले साप्ताहिकसंगको कुराकानीमा पछि राष्ट्रिय बाणिज्य बैंकको सहायक पदमा जागिर खाएको र व्यापारी बन्नको लागि आफू कार्यरत बैंकवाट ऋण लिन खोज्दा व्यापार गर्ने हो भने जागिर छोडेर व्यापार गर्न भनेपछि सोही बमोजिम गरेको भनेका छन्।

आइएमई तथा ग्लोबल आइएमई बैंक लगायत जलविद्युत, आयात–निर्यात, कार्गो, पर्यटन जस्ता धेरै क्षेत्रमा लगानी गर्दैआएका ढकाल हाल चन्द्रागिरी हिल्स कंपनी मार्फत काठमाडौको पश्चिम–दक्षिण पहाडमा केवल कार कुदाउने तयारीमा रहेका छन्। चाँडै नै काठमाडौमा केवल कार चलाउने ढकाल बताउंछन्।

Chandra Dhakal 1प्रकाशन मिति–२०७३ साल असार २८ गते मंगलवार ।