काठमाडौं। नेपालको शिक्षा प्रणालीमा पहिला पहिला आइरन–गेट नै मानिने तत्कालिन एस.एल.सी. र हाल एस.ई.ई. परीक्षा यो बर्ष चैत ६ गतेवाट हुने तय भएतापनि हुन सकेन।

चैत ५ गते साँझ नै स्थगित भएको नेपाल सरकारले घोषणा गरेपछि अन्यौल भएको एस.ई.ई. परीक्षा चैत ११ गतेवाट कोरोनाभाइरस संक्रमण फैलिन नदिन गरेको लकडाउनले त झनै अन्यौलतामा पार्दैआएकोमा अव भने लकडाउन खुलेको लगतै एस.ई.ई. परीक्षा हुने भएको खवर रहेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेलगत्तै एस.ई.ई. परीक्षा हुने जनाएको छ। त्यसका लागि परीक्षार्थीले तनाव नलिई परीक्षा तयारी गर्न भनेको छ। चैत २५ गते लकडाउन सकिएलगत्तै सरकारले गर्ने निर्णयपछि एस.ई.ई. परीक्षाको नयाँ तालिका सार्वजनिक गरिने मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले कान्तिपुरलाई भनेको छ।

राष्ट्रिय परीक्षा बोर्डको रेकर्डअनुसार यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एस.ई.ई. परीक्षा दिने तयारीमा छन्। देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।
प्रकाशन मिति–२०७६ साल चैत २१ गते शुक्रवार ।