लण्डन। बेलायतमा विगत १५ बर्षदेखि बस्दै आएका नेपाली गायक सुरेशराज पाठकको नयाँ गीतको भिडियो रिलिज भएको छ।

ए काली बोलको यो गीतको भिडियो रोमान्टिक तथा कमेडीपूर्ण रहेको छ। बिपिन आचार्यको शव्द तथा संगीत रहेको यस गीतको भिडियोमा विशाल सापकोटा तथा नविना दाहालको अभिनय रहेको छ। भिडियो निर्देशन सुरेश काफ्लेले गरेका छन्।

गायक पाठकको गत बर्ष पनि आउंदै छु भन्ने गीतको भिडियो रिलिज भएको थियो। यो बर्ष यो गीतले अझ तहल्का मच्चाउने विश्वासमा गायक पाठक रहेका छन्।

प्रस्तुत छ– गायक पाठकको रोमान्टिक तथा कमेडीपूर्ण गीतको म्युजिक भिडियो

प्रकाशन मिति–२०७४ साल कात्तिक १४ गते मंगलवार ।