काठमाडौँ । काठमाडौँ महानरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा ए– डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ।

सोमवार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका भित्र रहेका ६ वटाटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गरेका हुन।

काठमाडौं महानगरपालिकाले गत वर्ष पनि ए, वि र सि डिभिजन क्लवलाई आर्थिक सहयोग गरेको थियो। काठमाडौंं महानगरपालिकाबाट आर्थिक सहयोग पाउने क्लबहरु क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्याङदी क्लब रहेका छन् ।

मेयर शाक्यले महानगरपालिका क्षेत्र भित्र रहेका ए–डिभिजनलाई रु १० लाख, वि–डिभिजनलाई रु तीन लाख र सी–डिभिजनलाई रु २ लाखका दरले सहयोग गर्दै आएको वताएका छन्।

विगतका वर्षमा जस्तै यो वर्ष पनि ए, वि र सि डिभिजनलाई एकै पटक आर्थिक सहयोग गर्ने भनिएतापनि हाललाई ए–डिभिजनलाई मात्र दिइएको छ। वि–डिभिजन र सि–डिभिजनलाई आगामी दिनमा यो पटकको सहित थप गरेर सहयोग गर्ने मेयर शाक्यको भनाइ छ।


प्रकाशन मिति–२०७७ साल असार २२ गते सोमवार ।