सवका चेली माइति आए..
आउन छोरी ड्युटी छाडेर…..
यसपालि आउदिन ड्युटी छाडेर…

काठमाडौं। सवैका अत्यन्त प्रिय हास्य अभिनेता उही ए राता मकै किरण केसीले यो बर्षको तीजको कोसेली जनसमक्ष बेग्लै तौर तरीकाले ल्याएका छन्। तीजको अवसरमा ड्युटी छाडेर बोलको भाका रहेको बेग्लै शैलीको गजबको तीजको गीत राता मकै केसीले जनसमक्ष ल्याएका हुन।

तीजका गीत भनेपछि कम्मर मर्काएर नाच्ने अनि विरहका भाका पोख्ने गीत मात्र हुन्छ भन्ने अवधारणालाई परिवर्तन गर्न र गराउने कार्य ड्युटी छाडेर बोलको भाकाको तीज गीतमा राता मकै किरण केसी आफैले गायिका सुनिता बुढा क्षेत्रीसंग युगल गायन गाएर नयाँ मोड दिएका छन्।

तीजको दिन नेपाल प्रहरीमा रहेकी अफिसर छोरी ड्युटी छाडेर दर खान घर आउन नमिल्ने भएपछि बुबा र आमा नै तीजको दर बोकेर प्रहरी कार्यालय पुगेको युगान्तकारी दृश्य अभिनेता केसीले पस्केका छन्। त्यसमाथि, नेपाली मौलिक बाजा सहनाइको मूलभाकालाई बेसुरा बजाएपछि मुखैले बजाएर नौलोपना दिने कोशिश पनि अभिनेता केसीवाट भएको छ।

ड्युटी छाडेर बोलको तीज गीतमा बुवाको भूमिकामा अभिनेता राता मकै किरण केसी आफै छन्। आमाको भूमिकामा अभिनेत्री विमला गिरी रहेकी छन्। प्रहरी अफिसर छोरीको भूमिकामा चर्चित नायिका प्रियंका कार्की रहेकी छन्।

प्रकाशन मिति–२०७९ साल भाद्र १३ गते सोमवार ।